|

बैतडी : दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।

शनिबार दशरथचन्द नगरपालिका–५ले  वडा नम्बर ८ त्रिपुरालाई ५४ रनले हराएर अन्तिम चारमा सुरक्षित भएसंगै सेमीफाइनल समीकरण पुरा भएको हो। यसअघि वडा नम्बर ४ खलंगा, वडा नम्बर ६ थालिगडा र वडा नम्बर २ देहिमाडौं सेमीफाइनलमा पुगिसकेका छन्।

दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिले ब्याटिङ गरेको दशरथचन्दले निर्धारित २० ओभरमा एक विकेटको नोक्सानीमा एक सय ७५ रन बनायो। जसमा लक्ष्मी महरले ८२ र अनिता नाथले ४२ रन बनाइन्।

त्रिपुराकी करिश्मा थापाले एक विकेट हात पारिन्। जवाफमा त्रिपुराले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २१ रन मात्रै बनाउन सक्यो। उसका लागि संगिता मौनीले सर्वाधिक ५६ रनको योगदान गरेपनि हार टार्न सकेनन्।

जसमा अनिता नाथले २ विकेट लिइन्। दशरथचन्दकी लक्ष्मी महर ओम्यान अफ द म्याच भईन्। सेमीफाइनलको पहिलो खेलमा आइतबार वडा नम्बर ८ थालिगडा र वडा नम्बर ५ भिड्दा दोस्रो खेलमा वडा नम्बर २ देहिमाडौं र वडा नम्बर ४ खलंगा भिड्ने स्कोरर खेमराज भट्टले जानकारी दिए।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउनेछ। फाइनल खेल सोमबार हुनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.