|

डोल्पा : जिल्लाका दुई स्थानीय तहले राखेका कर संकलन केन्द्र जिल्ला प्रशासन कार्यालय डोल्पाले भत्काएको छ। राष्ट्रिय राजमार्गमा नियम मिच्दै ठाउँ–ठाउँमा कर संकलन केन्द्र स्थापना गरेर यातायात व्यवसायीबाट कर उठाएको भन्दै बिहीबार प्रहरी लगाएर भत्काइएको हो।

त्रिपुरासुन्दरी नगरपालिकाले सुँपानीमा कर संकलन केन्द्र स्थापना गरी एक सय र ठुलिभेरी नगरपालिकाले मोतिपुरमा कर संकलन केन्द्र स्थापना गरी दुई सयका दरले रकम उठाउँदै आएका थिए।

सडक डिभिजन कार्यालय चौहरजहारी र जिल्ला प्रशासनले नियम विपरित राखिएका कर संकलन केन्द्रहरू हटाउन पटक–पटक पत्राचार गर्दा पनि नहटाएपछि प्रहरी लगाएर भत्काइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए।

राष्ट्रिय राजमार्गमा स्थानीय तहले ढाट राखेर कर उठाउन नमिल्ने कानुनी प्रावधान रहेको ढकालको भनाइ छ। ‘स्थानीय तहले यातायात व्यवसायीबाट मनपरी कर उठाउँदा भाडा पनि बढेको छ। व्यवसायी र सर्वसाधारणले बारम्बार गुनासो गरेका छन्’ ढकालले भने,‘कर संकलन केन्द्र हटाएसँगै भाडादर पनि तीन सय ५० बाट ५० रुपैयाँ तोकेका छौं।’ प्रशासनले भाडादर घटाएसँगै सर्वसाधारण खुसी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.