ओलीले फेरि देशलाई चुनावतिर लान खोजेको आरोप

|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो देश कम्युनिस्ट पार्टीको मात्रै हो? भनेर प्रश्न गरेका छन्।

रिपोर्टस नेपालको वार्षिक उत्सव कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीले नेकपा मात्रैले संसद चलाउन दिएन भनिरहेका छन्। यो देश नेकपाको मात्रै हो? देशको राजनीति अहिलको अवस्थामा फर्केपछि सबै विदेशी शक्ति केन्द्रहरूले राजनीतिक गोटी खेलिरहेका छन्।’

उनले प्रधानमन्त्री ओलीले आफूले भत्काएको संसदलाई बिजनेस नदिएर फेरि देश चुनावमा लैजान खोजेको आरोप लगाए।

‘संसद् बैठकलाई सरकार प्रमुखले बिजनेस दिएको छैन। मुलुकलाई प्रतिगमनतिर फेरि लान खोजिरहेका छन्’, उनले भने, ‘राष्ट्रप्रमुख र सरकार प्रमुख अझै चुनावकै पक्षमा छन्। उहाँहरु फेरि देश निर्वाचनमा लान चाहन्छन्। तर, फेरि चुनिएर आउने योबाहेक अरु कोही छ।’

ओलीले आफूले विघटन गरेको संसदमा बिजनेस दिन नचाहेको उनले बताए। ‘अब पनि वामपन्थी सरकार बनाउन पहल गर्नुपर्छ। अहिले देशको अस्तित्व नै संकटमा पर्ने अवस्थामा छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.