|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अहिले गरेको संसद अवरोधको बदलामा आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

कांग्रेसलाई आफूले पटक पटक सहयोग गरेको तर संविधानअनुसार आफूले विश्वासको मत लिने बेला अवरोध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्ने क्रममै कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।

विश्वासको मत पाएर संसद भवनबाट बाहिरिँदै गर्दा संचारकर्मीले कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने? भनेर सोधेको प्रश्नमा उनले भने, ‘आउँदो चुनावमा कांग्रेसले देख्छ।’

उनले नेपालमा मात्र होइन विश्वमै रेकर्ड बनेको भन्दै आवश्यक परे १०-१२ पटक विश्वासको मत लिने पनि बताए।  

‘नेपालमा मात्र होइन विश्वकै रेकर्ड बनेको छ। आवश्यक पर्‍यो भने १०-१२ वटा विश्वासको मत लिन्छु’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.