|

बैतडी : गएको एक हप्तादेखि बैतडीको एक विद्यालयका छात्राहरू एक्कासि बेहोस हुन थालेका छन्। शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माविका छात्राहरू गएको बिहीबारदेखि बेहोस हुन थालेका हुन्। 

कक्षाकोठामै छात्राहरू बेहोस हुन थालेका प्रधानाध्यापक महामलसिंह साउँदले जानकारी दिए। गएको बिहीबारदेखि कक्षा ८–१० मा अध्ययनरत छात्राहरू अकस्मात् बेहोस हुन थालेका छन्। छात्राहरू बेहोस हुँदा विद्यालय सञ्चालनमै समस्या भएको छ,' उनले भने, ‘विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने र एक जना बेहोस हुने बित्तिकै अरु पनि बेहोस हुने क्रम बढेको छ।’

बेहोस हुने, बर्बराउनेलगायत लक्षण छात्राहरूमा देखा परेको साउँदले बताए। बेहोस भएका मध्ये कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई उपचारका लागि धनगढी रेफर गरिएको विद्यालयले जनाएको छ। 

सरकारले मंगलबारदेखि  चारदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तर विद्यालय सञ्चालनमै रहेको  भएपनि विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक साउँदको भनाई छ।

छात्राहरूमा देखिने यस्तो समस्या मास कन्भर्सन डिसअर्डर हुन सक्ने  जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए। उनले भने, ‘मानसिक तनाव, व्यक्त गर्न नसकेका कुरालगायत कारणले यो हुन  सक्छ, किशोरीहरूमा यो समस्या बढी देखिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.