|

नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ।

त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ। निर्वाचनलाई सफल बनाउन आम पत्रकारलाई आग्रह गर्दै महासंघले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ।

महासंघका सचिव प्रकाश थापाका अनुसार प्रदेश १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन्। 

यस्तै प्रदेश २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएका छन्।

गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइँकेल, लुम्बिनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हाल्नेछन्।

कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल बराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ।

त्यस्तै, प्रतिष्ठान र एसोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टीकाराम प्रधान, जानुका बराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.