|

लमजुङ : गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा लमजुङका दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुधपोखरी गाउँपालिका-२ विचौरका स्थानीय वागेशश्वर माविका शिक्षक रामेश्वर न्यौपाने र ठाकुर दवाडी  रहेका छन्। उक्त दुर्घटनामा गोरखाका सातजना घाइते भएका छन्। घाइते हुनमा अनिल मरहट्टा, विष्णु दवाडी, सुशील नराल, विष्णु न्यौपान, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन्।

लमजुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केको ना ५ च ३२९८ नम्बरको जिप शनिबार साँझ दुर्घटना दुर्घटना भएको हो। घाइतेहरुको गोर्खाको जिल्ला अस्पताल उपचार भइरहेको लमजुङ प्रहरीले जनाएको छ। जिप राङरुङको भीरबाट करिब ६० मिटर तल दरौँदी खोलामा खसेको थियो। जिपमा नौजना यात्रु सवार रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.