|

काठमाडौं : केही दिन यता देशभरका वनमा लागिरहेको डढेलो अझैसम्म नियन्त्रणमा आएको छैन। यो समाचार तयार पार्दासम्म मुलुकभर ५३ जिल्लाका विभिन्न वनमा गरेर ३ सय १५ ठाउँमा आगलागी भइरहेको छ।

अछाम १२,अर्घाखाँची ५, बाग्लुङ २, बझाङ २, बाजुरा ५, बाँके १८,बारा ५, बर्दिया १२, भोजपुर ३,चितवन १०, डडेलधुरा ८, दैलेख ५,दाङ १४, दार्चुला ३,धादिङ ३, धनकुटा १, दोलखा २, डोटी १८,गोर्खा १, इलाम १, जाजरकोट ७,काभ्रेपलाञ्चोक ६, कैलाली ७ ठाउँमा डढेलो भइरहेको वन तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।

यसैगरी  कालीकोट ४, कञ्चनपुर २,कपिलवस्तु ३, खोटाङ १,ललितपुर २, लमजुङ २, मकवानपुर ११, मोरङ ६, नवलपुर ८, परासी २,नुवाकोट २, ओखलढुङ्गा ९, पाल्पा ६, पाँचथर ४, पर्सा ४, प्युठान १९, रामेछाप १, पूर्वी रुकुम ४, पश्चिम रुकुम ७, रुपन्देही ५, सल्यान ९,सिन्धुली २१, सिन्धुपाल्चोक १,सुनसरी १,सुर्खेत १३, तनहुँ १३, ताप्लेजुङ १,तेह्रथुम १ र उदयपुर १३ ठाउँमा आगलागी भइरहेको उल्लेख छ।

विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको छ। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको छ।

आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरूले चुरोट खाएर फाल्ने, वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रूख पलाउने आशामा आगलागी गराउने गरेका छन्।

आगलागी नियन्त्रणमा नागरिक स्तरबाट वनमा आगलागी गर्न नहुने चेतनाको विकास हुनुपर्ने वन डढेलो पहिचान प्रणालीका एक कर्मचारी बताउँछन्।

उनका अनुसार वन डढेलो लगाउनुलाई अपराध मानिन्छ। वन ऐनमा कसैले वनको क्षति गरेमा वा डढेलो लगाएमा तीन वर्ष कैद वा ६० हजार जरिवाना तथा दुवै हुने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.