|

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको गोदावरी नगरपालिकास्थिल स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो।

५ वर्षीय बालक आयुस जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान भएको छैन। बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.