|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। लोकतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन्। 

६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको नौ तले धरहरा ढलेको थियो। धरहरा ढल्दा ६० जनाको जीवन गुमाएका थिए। सयौँ मानिस घाइते भए। काठमाडौं उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लागेको छ। भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा निर्माण गरिएको हो।

अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेको छ।धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कुल लागत तीन अर्ब ४८ करोड रूपैयाँ रहेको छ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र दुई लिफ्ट राखिएको छ। लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन्। लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ। धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.