|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली भए पनि बाँकी स्थानमा सफा रहने छ।

सोमबार बिहान देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार राति प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.