|

धनुषा : जनकपुरमा सोमबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरमा मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल छन्।

मण्डललाई बाटो काट्ने क्रममा जनकपुरधामबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसले रामानन्दचोक नजिक ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.