|

नवलपरासी : लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीले आफूले राजीनामा नदिएको बताएका छन्। ​​राजीनामा सम्बन्धि समाचार बिभिन्न संचार माध्यममा प्रसारित भएपछि थाहाकर्मीसँग कुरागर्दै प्रदेश शाहीले आफूले कित्ता फेरेर माओवादीलाई समर्थन गरेको तर, राजीनामा भने नदिएको स्पष्ट पारे।

सन्चारमाध्यममा प्रसारित समाचार निराधार रहेको नेता शाहीले बताए। आफूहरुले उपस्थितिमा मात्रै हस्ताक्षर गरेको तर एमालेले किर्ते गरेर आफ्नो हस्ताक्षर निर्णयमा समेत प्रयोग गरेको शाहीकाे भनाई छ।  

उनले स्वतन्त्र राजनीतिक समूहको तर्फबाट चुनाब लड्ने क्रममा नेकपा एमालेको सूर्य चिन्ह लिएर जिते पनि तीन वर्षको अवधिमा आफूहरुलाई कुनै सम्मानजनक  व्यवहार नगरेको बताए। नेकपा माओवादी केन्द्रले सम्मानजनक ब्यवहार गरेकाले आफूहरुले समर्थन गरेको शाहीकाे भनाई छ। 

लुम्बिनी प्रदेश सभामा स्वतन्त्र दुई जना सदस्य रहेका छन। नेकपा एमालेको साथ छोडेर माओवादी केन्द्रलाई समर्थन गर्नु केन्द्रीय नेताको निर्देशन हो कि ? भन्ने प्रश्नमा शाहीले केन्द्रमा सम्पर्क गर्न खोजे पनि सम्पर्क नभएको र आफ्नै बिबेक प्रयोग गरेको बताए।

शाही पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा १ काे ख बाट स्वतन्त्र चुनाव  जितेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.