|
फाइल तस्बिर

काठमाडौं : महानायक राजेश हमालले वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

उनले बिहीबार फेसबुक लाइभमा भने ,‘आज हामीले सांगीतिक क्षेत्रको एक हस्ती गुमाएका छौं, उहाँ सधैं मन मष्तिष्कमा रहिरहने छन्।’ उनले कोरोना संक्रमणबाट बच्न पनि सबैसँग आग्रह गरे। 

सबै राजनीतिक दलहरूलाई पनि एक जुट भएर कोरोना संक्रमण रोकथाम नियन्त्रणको लडाइँमा लाग्न आग्रह गरे। 

बिहीबार वरिष्ठ गायक एवं संगीतकार प्रधानको सुन्धारास्थित न्युरो अस्पतालमा उपचार क्रममा निधन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.