|

काठमाडौं : सरकारले वीर अस्पताललाई पाँच सय बेडको कोरोना उपचार अस्पताल बनाउने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार ‘छैटाैं राष्ट्रिय पत्रकारिता दिवस २०७८’ लाई सम्बोधन गर्दै सरकारले अस्पताललाई कोभिड उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको बताए। 

‘वीर अस्पताललाई पाँच सय बेडको हस्पिटल सञ्चालन गर्ने सुरुवात भएको छ,’ उनले भने, ‘आर्मी अस्पतालमा पनि कोभिड उपचार सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ, काठमाडौं महानगरपालिकाले पनि कोभिड अस्पताल बनाउने कमिटमेन्ट गरेको छ।’ 

सरकारले तुरुन्तै भारतबाट लिक्विड अक्सिजन ल्याउन प्रक्रिया बढाएको पनि जानकारी दिए। ‘अक्सिजन नभएको गुनासो सुनिरहेका छौं, यसका निम्ति सरकारले चाइनाबाट होस या भारतबाट छिटोभन्दा छिटो अक्सिजन सिलिन्डर र लिक्विड अक्सिजन ल्याउन पहल कदमी लिइसकेको छ, ’सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने।

हाल वीर अस्पतालको मुख्य भवनको उत्तरतर्फ चिनियाँ सहयोग बनाइएको यो पाँच सय बेड क्षमताको भवन शल्यक्रियापछि बिरामी राख्न बनाइएको थियो। यसलाई नै तत्कालका लागि कोभिडका बिरामी राख्न अस्थायी प्रबन्ध मिलाइएको हो। 

मन्त्री गुरुङले निषेधाज्ञाका बेला पनि गाउँ जाने यात्रुलाई जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन बसको व्यवस्था गरिएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.