|

जनकपुरधाम : कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्यामा प्रदेश २ मा वृद्धि भएपछि संक्रमितको उपचार सहज बनाउन प्रदेश २ सरकारले प्रदेशका अस्पतालहरुमा जनशक्ति थप गरेको छ।

प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाएअनुसार ६ महिनाको लागि जनशक्ति नियुक्ति गर्नलाई अस्पतालहरूलाई अधिकार दिएको छ। नव नियुक्त गर्ने जनशक्तिमा  प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जना जनशक्ति थप गरिएको हो। यसमध्ये आइसियु सञ्चालनका लागि ६८ जना थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ जना र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ८ जना जनशक्ति थप गरिएको छ।

​त्यसैगरी, सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलगंवा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको लागि ३३ जनशक्ति उपलब्ध गराएको छ।

जसमा नवौं तहको माइक्रोबायोलोजिष्ट ३ जना, सातौं तहको मेडिकल टेक्नोलोजिष्ट ९ जना, सहायक पाँचौ तहको ल्याब टेक्निसियन ४ जना, सहायक चौथो तहको ल्याब असिस्टेन्ट ३ जना, कम्प्युटर अपरेटर ३ जना, सबारी चालक २ जना, सेक्युरिटी गार्ड ३ जना, कार्यालय सहयोगी ३ जना र स्वीपर ३ जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.