|

काठमाडौं : स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ। 

कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन्।

सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो। 

कोरोना महामारीले सबैतिर प्रभावित गरिरहेको सन्दर्भमा गृहजिल्ला स्याङ्जाका जनताको जीवन सुरक्षाका निम्ति अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको मन्त्री अर्यालले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.