|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। 

विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। 

त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवासहितका नेताले राष्ट्रपति भेट्न केहीबेर कुर्नुपरेको थियो। देउवासँगै नेताहरु माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत पनि शीतलनिवास पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.