|
फाइल फोटो

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कडा कारबाहीको प्रबन्ध गरिदिन अनुरोध छ।’ 

विषम परिस्थितिमा पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै साङ्घातिक हमला हुनु निकै लज्जास्पद भएको समेत सह प्रवक्ता डा अधिकराीले बताएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.