'सबै फिर्ता ल्याउन सम्भव छैन, मूलधारमा धेरैलाई फर्काउनुपर्छ'

|

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

उनले भने, 'पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।'

माधव नेपाल समूहले पार्टीको उम्मेदवारलाई हराएर गर्व महसुस गरिरहेकाे बताए। पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएकाे संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेकाे स्पष्ट पारे।

'शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नाे उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ। ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छ', उनले भने, 'उहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन।'

एकतालाई जाेगाउन लागिपरेको भएकाले स्पष्टीकरण सोधिएको बिषयमा छलफल नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.