|

काठमाडौं : निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका लागि गृहबाट पत्र प्राप्त भएको बताए। ‘गृहबाट कारबाहीका लागि आज पत्र आएको छ’ भट्टले भने,‘पहिले सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ।’

श्रेष्ठ आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए। स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही संचार माध्यमलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।

विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर रहेको बुझिएको छ। 

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुख बाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए।

सिङ्गो कर्मचारीतन्त्रलाई नै बदनामित गराउने गरी घटना सार्वजनिक भएको करिब साता दिन भइसक्दासमेत मन्त्रालय र विभाग भने त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भन्दा थाहा नै नभए झैँ गरी घटनालाई गुपचुपमै ‘राफसाफ’ गर्नेतिर लागेका छन्।

गृहमन्त्रालयको पत्र पछि प्रमुख जिल्ला अधिकारीलाई कारबाहीको लागि दबाब बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.