|
फाइल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराउनका लागि सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालयसँग विवरण मागेको छ । 

स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र उपलब्ध गराउन  सूचित गर्दै आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरुको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलवी भर्पाइ पेश गर्न भनेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.