|
फाइल फोटो

गोरखा : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा दिएको मुद्दाको अन्तिम किनारा नलाग्दै आफूमाथि पुन कारबाही हुनु असंवैधानिक कदम रहेको तर्क गरेका छन्।

अदालतमा विचाराधीन मुद्‍दाउपर पुन: कारबाही हुन नसक्ने भन्दै उनले आफूमाथि भएको कारबाहीलाई नाटकको संज्ञा दिए।

उनले थाहाखबरसँग टेलिफोनमा छोटो कुराकानी गर्दै भने, ‘ अदालतमा विचाराधीन रहेको त्यही मुद्दामा फेरि कारबाही गर्नु असंवैधानिक कदम हो। त्यै पनि खै के नाटक हो? मैले त्यती बुझेको छैन।’

प्रदेशसभाका सभामुखले कार्यव्यवस्था बैठक नै नबसी एकलौटी ढंगले सदन चलाएको उनले आरोप लगाए।

उनले भने, ‘अरु बेला त सधैँ कार्यव्यवस्था बैठक बसेर मात्रै सदन चल्थ्यो। आज त कार्यव्यवस्था बैठक पनि नबसी सदन चलेछ। त्यही सदनमा ममाथि कारबाही भएको कुरा सभामुखले सुनाए रे भन्छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.