|

गोरखा :  गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्। उनले शनिबार करिब ३ बजे  राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

गुरुङको निजी सचिवालयले दिएको जानकारीअनुसार उनले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दाबी गरेका हुन्।

गत बिहीबार  विश्वासको मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन्। केन्द्रको जस्तै सत्त्f पक्षले पनि बहुमतको दावी पेश गरेर संबिधानको धारा १६८ (७) अनुसार संसद विघटन गर्नसक्ने आशंका गरिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.