|

काठमाडौं : फ्रेञ्च ओपन महिला एकलको उपाधि  चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छिन्। 

पहिलो ग्रान्ड स्लाम जित्न उनले रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले हराइन्।

क्रेजसिकोभाले पहिलो सेट जितेपछि पाभयेचेन्कोभाले दोस्रो सेट आफ्नो पक्षमा पारिन्। दोस्रो सेट पनि रुसी खेलाडीको पक्षमा एकपक्षीय रह्यो।

तर तेस्रो सेटमा भने पाभयेचेन्कोभालाई कोर्टमै उपचारको आवश्यकता परेको थियो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो र त्यसलाई क्रेजसिकोभाले आफ्नो पक्षमा पारिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.