|

भोजपुर : जिल्ला कारागार भोजपुरमा रहेका कैदीबन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ। चार स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन्।

पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्य, भाषा, सीप विकास लगाएतका ७५ थान पुस्तक हस्तान्तरण गरिएको हो। त्यस्तै अरुण र आमचोक गाउँपालिकाले उपलव्ध गराएको एक÷एक थान ब्याकअप सिस्टम र हतुवागढी गाउँपालिकाले उपलव्ध गराएको एक थान इन्भर्टर हस्तान्तरण गरिएको कारागार कार्यालय भोजपुरका जेलर खगेन्द्र अधिकारीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय भोजपुरको पहलमा सामग्री उपलब्ध भएको कार्यालयले जनाएको छ। व्याअपको व्यवस्था भएसँगै बिजुली बत्तीको समस्या हटेको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हँुदा समस्या हुने गरेको कार्यालयले जनाएको छ। ४० जनाको क्षमता रहेको कारगारमा हाल ११ महिला र ११३ पुरुष गरी १२४ जना कैदीबन्दी रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.