|

हेटौंडा  :  नेपाल सरकारले चीनबाट ल्याएको ८३ हजार डोज खोप हेटौंडा आइपुगेको छ।  सरकारले चीनबाट शुक्रबार ल्याएको ८ लाख डोज खोपमध्ये ८३ हजार दुईसय डोज शनिबार बिहान हेटौंडा आइपुगेको हो।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले शनिबार बिहान ३ बजे केन्द्र सरकारले पठाएको खोप हेटौंडा आइपुगेको जानकारी दिए। उनले खोपको मात्रा धेरै भएकोले हेटौंडामा राख्ने स्थान नहुँदा २ नम्वर प्रदेशको चिस्यान केन्द्रमा पठाइएको बताए।

 ‘खोपको मात्रा अलि धेरै छ। यति खोप अट्ने चिस्यान केन्द्र हामीसँग हेटौंडामा छैन। त्यसैले हामीले प्रदेश २ को पथलैयामा खोप राख्न पठाएका छौँ ’ उनले  भने। अधिकारीले खोप कुन  उमेर  समूहलाई कहिलेबाट  लगाउने भन्ने केन्द्र सरकारको  योजना आएपछि भण्डारण गरिएको खोपलाई प्रदेशको विभिन्न जिल्लामा वितरण  गरिने बताए। उनको अनुसार यसअघि बागमती प्रदेशमा ४५ हजार डोज चाइनिज खोप आएको थियो। 

   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.