|

हेटौंडा : बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङले प्रदेशको बजेट केपी ओली एण्ड कम्पनी प्रालिको हातमा भएको टिप्पणी गरेका छन्।

आइतबार बसेको संसद बैठकमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद तामाङले प्रदेश सरकारको बजेट जनताका लागि नभएर केपी ओली गुटको लागि मात्रै भएको आरोप लगाएका हुन्।

प्रदेश सरकारले गुटगत, मन्त्रीमैत्री र कार्यकर्तामैत्री बजेट ल्याएको तामाङले आरोप लगाएका छन्। भने ‘ प्रदेश सरकारले ल्याएको बजेट आमजनताका लागि होइन। त्यो बजेट त केपी बा एण्ड कम्पनी प्रालिका लागि हो। यसमा जो–जसको लगानी छ , जो शेयरधनी छ। उसले मात्रै बजेट पाउँछ। अरुले पाउँदैनन्।’

प्रदेश सरकारले ओली गुटका सांसद र कार्यकर्तालाई बोनसस्वरुप बजेट बाँडेको भन्दै तामाङले व्यङ्ग्य गरे। प्रदेश सरकारको बजेटले जनताको सपनालाई लात हानेको भन्दै उनले सरकारको बजेट मन्त्री र सांसदको सपना पूरा गर्न ल्याइएको आरोप लगाए।

सरकारले जनताले जम्मा गरेको पैसा केपी बा एण्ड कम्पनी प्रालिलाई दुरुपयोग गर्न दिन नहुने भन्दै बजेट खारेज गर्न माग गरे। ‘दुई चार जना लोभी पापीहरू एसी भएको कोठामा बसेर बनाएको बजेट जनमुखी छैन। यसलाई खारेज गर्नुपर्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.