रेशम चाैधरीलाई चाहेर पनि छुटाउन सकिएन

|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी सांसदहरुले राखेका कुरामाथि धारणा राख्दै देउवाले यस्तो बताएका हुन्। ‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप हो’ देउवाले भने,‘सरकार चाँडै सबै नागरिकलाई कोरोनाको खोप दिने काममा जुटेको छ।’

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे। उनले भने, ‘प्रधानमन्त्रीले सदनमा बोल्दा प्रतिपक्षी दलको नेताले सुन्नुपर्छ। उहाँले बोल्दा म सँधै आउँथे। तर उहाँ आउनुभएन। उहाँको स्वास्थ्य अवस्था पनि ठीक नभएको होकि ?’

ओलीले सदनमा नबोलेको प्रति पनि देउवाले गुनासो गरे। ‘उहाँ राम्रो बोल्नुहुन्थ्यो। तर आज बोल्नुभएन। माननीयज्यू प्रदीप ज्ञवालीले बोल्नुभयो,’ देउवाले भने। संसद विघटन गर्ने नाममा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको पनि उनले बताए। उनले भने, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन। उहाँले बाध्य पारिदिनुभयो।’ 

पहिलो आवश्यकता नागरिकको स्वास्थ्य रहेको भन्दै देउवाले त्यसपछि मात्र बिकास भएको बताए। सांसद रेशम चौधरीको प्रसंगमा देउवाले अदालतमा मुद्दा चलिरहेको विषयमा कसैले चाहेर पनि छुटाउन नसकिने बताए।

‘सबैलाई जेल हालेर मात्र समस्याको समाधान हुँदैन। सरकारले मुद्दा फिर्ता लिएर पनि कतिपय मुद्दा फिर्ता हुँदैनन्’ देउवाले भने,‘रेशम चौधरीलाई छोड्नुपर्छ भन्ने म पनि चाहान्छु तर त्यो कुरा सरकारले मात्र चाहेर हुदैन।’

अदालतको कुरा हो। त्यसमा हस्तक्षेप गर्नुहुँदैन भन्ने कांग्रेस पार्टीको मान्यता छ।’ मधेश, थारु, जनजाती, दलितका मुद्दाहरु संवोधन गर्नकै लागि समावेशी संविधान बनेको उनले बताए। संविधान कार्यान्वयन गरेर समस्या समाधान गर्न सबैको सहयोग आवश्यक भएको उनले औंल्याए। 

देशलाई एक बनाएर जानु पर्ने र मधेश पहाड सम्पुर्ण क्षेत्रको समस्या समाधान गरेर जानुपर्ने उनको भनाइ छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.