|

काठमाडौं : आज साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। 

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन्।  महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेँलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन्। 

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस पटकको साउन महिनामा पनि पाँच वटा सोमवार परेको छ। पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ। महिलाहरु ब्रत बसि पूजा गर्न शिव मन्दिरहरूमा जाने गर्दछन्। कोरोना महामारीका कारण यसवर्ष पशुपतिनाथलगायत अन्य शिवालय खुला गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.