|

काठमाडौं : सूचना तथा प्रसारण विभागले नवीकरण नगरेकै आधारमा अनलाइन सञ्‍चारमाध्यम दर्ता खारेजी र सञ्‍चालनमा रोक नलगाउने भएको छ। 

विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। यसअघि अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालन निर्देशिका, २०७३ को उपदफा (३) बमोजिम विभागले अनलाइन सञ्‍चारमाध्यमलाई दिँदै आएको सेवामा रोक लगाउन खोजेको थियो। 

विभागको सो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्चबाट चैत ३१ गते उक्त व्यवस्था खारेज भएको संक्षिप्त आदेश प्राप्त भएको विभागले जनाएको छ। 

सो आदेश बमोजिम अब उप्रान्त विगत आर्थिक वर्षमा नवीकरण गर्न छुट भएका अनलाइन सञ्‍चारमाध्यमको दर्ता विभागमा रहेको दर्ता किताबबाट खारेज नगर्ने र नवीकरण नगरेकै आधारमा अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालनमा रोक नलगाइने विभागले जानकारी दिएको छ। 

तर, यसअघि नवीकरण हुँदै आएका अनलाइन सञ्‍चारमाध्यमको हकमा भने पूर्ववत रूपमा नवीकरण कार्य जारी रहने र नियमित रूपमा नवीकरण भएको अनलाइन सञ्‍चारमाध्यमका लागि मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र/परिचयपत्र (प्रेस पास) जारी गरिने विभागले जारी गरेको सूचनामा उल्लेख छ।

विभागले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.