|

म्याग्दी : प्राकृतिक सुन्दरता र खाद्यान्न उत्पादनको दृष्टिकोणले जिल्लाकै अब्बल स्थान मानिएको रत्नेचौरमा रोपाइँ सकिएको छ। मिलेका खेतका गह्रा भएको समथर फाँटको बीचभागबाट कालोपत्रे गरिएको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली–बरङ्जा सडकको दायाँ र बायाँतिर धानका विरुवाहरू हरिया हुँदै गएपछि रत्नेचौरको सुन्दरतामा थप निखार आएको छ।

यहाँबाट उत्तरतिर चाँदीझैँ टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका ८ वटा हिमशृंखलाका साथै  दक्षिणतर्फ बागलुङ बजार, धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटका साथै विभिन्न गाउँहरू, पूर्वतर्फ पर्वतको पाङ, धाइरिङ तथा पश्चिमतर्फ ज्यामरुककोट, गौश्वारा लगायतका स्थानको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

बेनी–बागलुङ सडक खण्डको बीचमा पर्ने रत्नेचौरको फाँट तोरी र धान उत्पादनका दृष्टिकोणले जिल्लाकै उर्वर फाँट मानिन्छ। यहा रैथाने प्रजातिको खेती गरिने हुनाले पनि यसको चर्चा जिल्लामा हुने गर्दछ।

रत्नेचौर यतिबेला रमाइलो बनेको छ। यहाँ रमाउनका लागि बेनी, बागलुङ र पर्वतबाटसमेत युवा युवतीहरु आउने गर्दछन्। भखैरै रोपेको खेतमा लगाएको पानीले गर्दा खेतका गरामा नै धवलागिरि हिमालको प्रतिविम्बसमेत देखिन्छ।

कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा यहाँ अहिले आन्तरिक पर्यटकहरु नआए पनि यहाँको सौन्दर्यतामा कुनै कमी आएको छैन।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.