|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड आइतबार बिहान नेपाललाई भेट्न नेपाल निवसा कोटेश्वर पुगेका हुन्। 

स्रोतको अनुसार प्रचण्डले नेता नेपालसँग सरकारलाई पूर्णता दिने‚ एमाले एकताको प्रयासलगायत विषयमा चासो राखेका थिए। आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भूमिका निर्वाह गरेका नेता नेपाललाई सरकारमा समावेश गर्न प्रचण्डले प्रयास गरिरहेका छन्। नेता नेपालकै कारणले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गरिरहेका छन्। सत्तारुढ गठबन्धन नेता नेपाललाई कम्तीमा ६ मन्त्रालय दिन तयार छ। 

नेपाल समूहलाई सरकारमा समावेश गर्न सत्ता गठबन्धन लागिपरे पनि एमालेका दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहेका छन्। तर‚ अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वाक युद्ध चलिरहेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.