अर्घाखाँची : लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा एमालेमै रहेको जनाएकी छन्। दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी हुन्।
विज्ञप्तिमा लेखेकी छन्, 'नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा हामी सँगै थियौं तर, अहिले पार्टी अलगअलग भएको छ। निर्वाचित हुँदा नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लडेर विजयी भएको थिएँ, त्यसकारण म अहिले पनि एमाले नै हुँ, भोलि पनि एमालेमै रहनेछु।'
उनले केही समय अगाडि स्वास्थ्यमा समस्या आएपछि सामाजिक संजालमा र विभिन्न संचारमाध्यममा आएका विभिन्न खाले टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन्। ओलीले एमालेमै रहेको बताए लगत्तै लुम्बिनी प्रदेश सरकारमा विपक्षी गठबन्धनको संख्या घटेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।