|

काठमाडौं :  हिमालपारीको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। मुस्ताङ १८ वर्षका सबै नागरिकलाई खोप दिने दोस्रो जिल्ला बनेको छ। 

स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन्। 
अहिले सम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन्। भण्डारीले भने –‘जिल्ला भित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाई खोप लगाइ सकिएको छ कहीँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् नलगाएकाहरू भएमा सम्पर्कमा आए भने हामीले तिनीहरुलाई पनि छिट्टै लगाउँछौं।’ अब १८ वर्ष माथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन्। खोप केही मात्रा हामीसँग मौज्दात पनि रहेकोले सबै नागरिकले खोप पाउँछन्,  भण्डारीले भने।

जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्ला भित्र कुनै पनि मिसयुज नभएको भण्डारीले बताए। भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोश्रो डोज लगाउन बाँकी भए पनि लक्षित वर्ग सबै खोपको दायरामा आइसकेका छन्।

मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय संक्रमित रहेका छन्। पूर्ण खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.