|

काठमाडौँ : वर्षातको समय शुरु भइसकेको छ। जसले गर्दा झाडापखाला,हैजा तथा डेंगु जस्ता संक्रमणको जोखिम बढ्न थालेको छ।

वर्षाको मौसममा बाढी पहिरोले गर्दा हामीले खानेपानीको मुहान फोहर हुने तथा खानेपानीको पाइपमा दूषित पानी मिसिन्छ। विशेषगरी दूषित पानीमा हैजा बनाउने 'भिब्रिओ कोलेरा नामक जीवाणु' हुने हुँदा हैजाको जोखिम उच्च हुन्छ। त्यसैले यो मौसममा हामीले खानेपानीको शुद्धतालाई विशेष ध्यान दिनुपर्छ।

गर्मी तथा वर्षायाम शुरु भएसँगै विशेषगरी बालबालिकामा हैजाजस्ता रोग फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी छ। यदि हैजाको लक्षण देखियो वा हैजा पुष्टि भयो भने पनि विशेष सावधानी अपनाउनु पर्छ।

वर्षामा झाडापखाला, हैजा तथा डेंगुबाट बच्न अपनाउनुस् यस्ता उपाय

- व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने

- सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउनुहोस्।

- व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) मा ध्यान दिनुहोस्।

- बासी सडेगलेका खानेकुरा नखानुहोस्।

- खानालाई छोपेर राख्नुहोस्।

- काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुहोस्।

साथै एडिस जातका लामखुट्टेको (कालो-सेतो छिर्कमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न:

- आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जनेको ठाउँमा लामखुट्टेले अण्डा पार्ने भएको हुँदा पानी जम्न नदिनुहोस्।

- घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली राख्नुस्।

-  सुत्दा झुल प्रयोग गर्नुहोस्।

- पुरै शरीर ढाक्ने लुगा लगाउनुहोस्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.