|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले एलएमबिआइएसमा अख्तियारी नदेखिएकाले औषधि उपचारबापतको रकम वितरण गर्नमा ढिलाइ भएको जनाएको छ। महानगरले आज एक सूचना जारी गर्दै सबै वडा कार्यालयलाई यस्तो जानकारी दिएको हो। 

महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ बमोजिम विरामीले पाउने औषधि उपचार रकम काठमाडौँ महानगरबाट चौमासिक रूपमा उपलब्ध गराउँदै आएको छ।

‘महानगरपालिकाबाट चौमासिक रूपमा उपलब्ध गराउँदै आएकोमा काठमाडौं महानगरपालिका वित्त विभागबाट प्राप्त जानकारीअनुसार हाल एलएमबिआइएसमा अख्तियारी नदेखिएकाले वितरण गर्न केही दिन ढिला हुने भएको ब्यहोरा जानकारीका लागि निर्देशनानुसार अनुरोध छ’, सूचनामा उल्लेख छ। 

महानगरपालिकाले सबै प्रक्रिया पूरा गरेपछि छिटै रकम उपलब्ध गराउने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.