|

काठमाडौं :  पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ  हुने भएको छ।

नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ।  निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। 

यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।

निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.