'एमाले प्रवेश गरेको हल्ला झुटो हो, म माओवादी केन्द्रमै छुु'

|

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको बताएकी छिन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको खुलासा गरेकी हुन्।

पत्रकार सम्मेलनमा सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पारेकी छन्। पत्रकार सम्मेलनमा उनले जारी गरेको  विज्ञप्तिमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको उल्लेख गरेकी छन्।  

नेपालगन्ज उपचारका लागि जान लागेको आफूलाई एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपालगन्ज पुर्‍याइदिने भन्दै घरमै आएर गाडीमा राखेर नेपालगन्ज नगई बुटवलतर्फ हुइँक्याएर  मुख्यमन्त्रीको निवासमा लगेको सांसद वलीको आरोप छ।

वलीले साउन १६, १७, १८, १९ र २० गते मुख्यमन्त्री निवासमा थुनेर राखिएको र १८ गते विज्ञप्ति लेखेर पढ्नै नदिई हस्ताक्षर गराई बाहिर ल्याएको बताएकी छन्। आफू २० गतेका दिन मौका छोपी ट्वाइलेटमा प्रयोग गर्ने चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यलय गएको पत्रकार सम्मेलनमा सांसद वलीले जानकारी दिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.