|

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। राष्ट्रियसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन (एक्रिडिटेशन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारक विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको स्टान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची छ। 

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका दुईवटा विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ। ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.