|
फाइल फोटो

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्। 

राजीनामा बुझाउनका लागि मुख्यमन्त्री पोखरेलले अहिले प्रदेश प्रमुख अमिक शेरचनको कार्यलयमा रहेको एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले थाहाखबरलाई जानकारी दिए। 

सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीको राजीनामाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको बताए।

लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाईएको छ। अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।

विपक्षी गठबन्धनले बुधबार नै सबै टुंग्याउने तयारी गरेको गरिरहेको छ। सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अलमलमै परेको थियो। सर्वोच्च अदालतमा बिशेष अधिवेशन रोक्न माग गरेको रिटमाथिको सुनुवाई जारी छ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्।

सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्। यस्तै, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन्।

एमालेलाई सघाउँदै सरकारमा गएका उनलाई जनता समाजवादी पार्टीले कारबाही गरि संसद हटाइसकेको भएपनि अदालतमा उनको मुद्दा विचाराधीन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.