|

काठमाडौं : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राज्यले मेलम्चीको बाढी संरक्षणको जिम्मा दिए आफू बाढीपहिरो रोक्ने बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार आयोजना गरेको विपद ग्रस्त मेलम्ची हेलम्बु भेमाथाङ स्थलगत अध्ययन विज्ञ टोलीसँगको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्।  

उनले बाढी रोक्न राज्यले ठूलो प्रोजेक्ट ल्याउन पनि माग गरे। भने, ‘अब पहिरो संरक्षणका लागि ठूलो प्राेजेक्ट ल्याउनु पर्‍याे, नभए मलाई जिम्मा दिए म संरक्षण गर्ने छु,बाढी रोक्छु।’

उनका अनुसार बाढी आएको खोलामा तलबाट संरक्षण गर्न जाली हाल्दै गएमा पनि संरक्षण हुने छ। ‘ठूलो योजना ल्याएर जाली हाल्दै जानुपर्छ, जाली हालेर समतल बनाउँदै गएमा ती माटो,गिटीहरु बस्छ, त्यसपछि यस्तो धेरै ठूलो क्षति हुँदैन,’उनले भने।

उनले हिउँदको महिनामा हेलम्बु क्षेत्रलाई पुरानै अवस्थामा पनि फर्काउने प्रतिबद्धता जाहेर गरे। ‘स्थानीयले २० वर्षसम्म पनि अब हेलम्बु पुरानो अवस्थामा फर्किँदैन भनेर चिन्ता व्यक्त गरेका छन,हेलम्बु पर्यटन क्षेत्र हो,हिउँदमा सबै मोटोरेबल बाटोहरु बनाई पहिलाकै विकास अवस्थामा फर्काउने वातावरण मिलाउँछु,’अध्यक्ष शेर्पाले भने। 

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो पहिरोले ठूलो पाठ सिकाएको भन्दै अब वैज्ञानिक ढंगले अध्ययन गरी त्यस क्षेत्रलाई संरक्षण गरिने बताए। 

‘अझै १५ लाख ट्रक जति गिटी,माटो,बालुवा छन,हामीले विश्वव्यपी ज्ञान अध्ययन गर्न सुरु गरेका छौँ,जोखिम क्षेत्रको बारेमा वैज्ञानिक सँग छलफल गर्छौ,बाहिरी देशको अनुभव पनि हेर्नेछौँ, निचोटमा पुगेपछि संरचना निर्माणमा लाग्ने छौँ,’उनले भने।

गत असार १ गते र साउन १७ गते आएको बाढी पहिरोका कारण मेलम्ची क्षेत्रका दर्जनौ घर बगाएको छ भने ६ जना बढीले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.