माधव नेपाललाई २० प्रतिशत हुनबाट रोक्ने रणनीति

|

काठमाडौं : सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि एमालेले आयोगलाई केन्द्रीय सदस्यहरुको सूची विवरण अध्यावधिक गर्न पठाएको छ। 

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एमालेले २६० जना केन्द्रीय सदस्यहरुको विवरणसहित आयोगमा पठाएको हो। 

सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने अध्यादेश जारी गरेपछि नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नबाट रोक्न ओलीले आयोगमा केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गराएका हुन्।

पार्टीबाट कसैलाई कारबाही गरेको नभएर नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण अध्यावधिक गर्न पठाएको एमालेको कार्यालयमा सचिव शेरबहादुर तामाङले बताए। 

एमालेले पठाएको विवरणमा नेकपाको एकता भंग भएपनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेको नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरुको नाम समावेश गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.