|

हेटौंडा : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद छोड्दा बागमती प्रदेशमा पार्टी विभाजनबाट रोकिएको बताएका छन्।

बिहिबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको बताएका हुन्। पहिलेदेखि नै पार्टी एकताको सन्देश दिन आफूहरुले एकताबद्ध भएर काम गर्दै आएको भन्दै पौडेलले पार्टीलाई विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको बताए। 

‘केन्द्रमा दल दर्ता हुन लागि सकेको थियो। उता दल दर्ता हुँदा हाम्रो यहाँको धेरै उता जाने सम्भावना थियो। त्यस्तो हुँदा हामी अल्पमतमा पर्थ्यौ, त्यसैले पार्टीको एकता र एमाले नेतृत्वको सरकार जोगाउन मैले पद छोडेको हो। यसमा मलाई कुनै दुःख छैन, म खुशी छु,’ उनले भने। 

पौडेलले बागमती प्रदेशको केही सांसद बाहेक सबै एमालेमा नै रहने भन्दै जानेलाई बाटो खुल्ला रहेको समेत बताए। उनले राजेन्द्र पाण्डे खुलेर माधव नेपालको पक्षमा लागेको र मकवानपुरकी सांसद मुनु सिग्देलको नाम केन्द्रीय सदस्यमा आएको भन्दै जान चाहनेलाई नरोक्ने टिप्पणी गरे। 

पौडेलले बागमती प्रदेशमा एमालेको एकतासँगै गुटको समेत अन्त्य भएको दाबी गरेका छन्। उनले एमालेबाट निर्वाचित सबै सांसद एकढिक्का भएको भन्दै पार्टीमा कुनैपनि गुट नरहेको दाबी गरे। उनले बहुमतको पार्टीबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको भन्दै पौडेलले शाक्यले विश्वासको मत लिन नपर्ने समेत बताए। 
पौडेलले कुनैपनि धाराबाट नभएर ठुलो दलको हैसियतले मुख्यमन्त्री बनेको हुँदा विश्वासको मत लिन नपर्ने बताए। 

आफ्नो कार्यकालमा प्रदेशले काँचुली फेर्ने गरी काम गरेको उनको दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.