|

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ।

सामान्यतयाः दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ। जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ।

अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।

रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ। भारत बाहेक पाकिस्तानले पनि अफगानिस्तानबाट ड्राइफ्रूट आयात गर्ने गरेको छ। अफगानिस्तानको बदाम, किसमिस र पिस्तालगायत सामानको मुख्य क्रेता भारत हो।

ड्राइफ्रूट आयातको हिसाबले अमेरिका, जर्मनी र हङकङ पछि भारत चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.