|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्णस्वास्थ्य प्रोटोकल पालना गरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ।

बिहीबार एक सूचना जारी गरी जिल्ला प्रशासनले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो। पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले पहिला जस्तैगरी पर्वहरू मनाउन नसकिएको सूचनामा उल्लेख छ।

सूचनामा लेखिएको छ,‘पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्णपालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्न/नगराउनु हुन अनुरोध छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.