|

गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। इश्मा गाउँपालिका–४ दोहोलीका ११ वर्षीय राहुल गन्धर्वको गत साउन २७ मा मृत्यु भएको थियो।

उनका बुबा रामबहादुर गन्धर्वलाई घरमै पुगेर गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको तर्फबाट मृतकका परिवारलाई दुई लाख र उपचारका लागि यातयात खर्च बापत तीन हजार रुपैयाँ प्रदान गरिएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका राहुलको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

रामबहादुरसहित चट्याङ लागेर घाइते भएका मालारानीका रुपा नेपाली र किस्मत नेपाली लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार गरेर घर फर्किएका छन्। शर्माले घाइते परिवारको उपचार खर्चको लागि वडा कार्यालय र प्रहरी प्रतिवेदन माग गरेर लुम्बिनी प्रदेशमा पठाउने काम भएको बताइन्।

विपन्न परिवारनै प्राकृतिक प्रकोपबाट पीडित भएको अवस्थामा राहतको लागि उल्टै खर्च गरेर प्रशासन पुग्नुपर्ने बाध्यतालाई आफूले सकेसम्म अन्त्य गर्न खोजेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.