|

जनकपुरधाम : धनुषामा सडक दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

सडक दुर्घटनामा परेर घाइते भएकी घनुषाको मिथिला नगरपालिका–९ की ५५ वर्षीया रेवती घर्ती मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरी स्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो। विङ्गरको ठक्करबाट गम्भीर घाइते मगरको विराटनगरमा उपचार भइरहेको थियो। प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

मगरको आज (शुक्रबार) बिहान विराटनगर स्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

यता ठक्कर दिने विङ्गर र विङ्गर चालक सिरहाको धनगढीमाई नगरपालिका–९ का ३५ वर्षीय रंजित लामा प्रहरीको नियन्त्रणमा रहेको सुवेदीले जनाए।

लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.