|

वेस्टइन्डिज भ्रमणमा रहेको पाकिस्तानले मध्यक्रमका ब्याट्सम्यान फवाद आलमको उत्कृष्ट अविजित शतकीय इनिङमा राम्रो प्रदर्शन गरेको छ। पाहुना टोली पाकिस्तानले दोस्रो टेस्टको तेस्रो दिन ३०२ रनमा इनिङ डिक्लिएर गरेको थियो। दोस्रो दिन वर्षाका कारण खेल स्थगित भएको थियो।

जवाफी इनिङ सुरू गरेको वेस्टइन्डिज खराव प्रदर्शन गरेको छ दिनको खेलको समाप्तिनमा ३९ रन जोड्दा तीन विकेट गुमाएको छ। पाकिस्तानल अझै २६३ रनले अगाडि छ। क्रिजमा नक्रुमाह बोनर १८ रनमा अविजित हुँदा अल्जारी जोशेफले शून्यबाट चौथो दिन साथ दिने छन्।

ओपनर तथा कप्तान क्रेग ब्रेथवेटलाई तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले चार रनमा बोल्ड आउट गरे। अफ्रिदीले नै किरन पोवेललाई पाँच रनमा एलबिडब्लु आउट गर्दा फहिम अशरफले रोश्टन चेशलाई १० रनमा बोल्ड गरे। त्यसअघि दोस्रो दिन बर्षाको कारण खेल हुन सकेन। तेस्रो दिन भोजन अघि पनि खेल हुन सकेको थिएन।

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङमा ३०२ रनको अवस्थामा समाप्तिको घोषणा गरेको थियो। फवाद आलम २१३ बलमा १७ चौकासहित १२४ रनमा अविजित रहे। फवादको यो टेस्ट करिअरको पाँचौं टेस्ट शतक हो। एक समय २-३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानको इनिङ सम्हाल्दै फवादले सानदार शतक प्रहार गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.