|

धनगढी : आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व। विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन्।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। सुदूरपश्चिमको डोटी सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएका नेवारी समुदायले पनि दशकौँदेखि गाईजात्रा मनाउँदै आएका छन्।

प्रताप मल्लले आफ्नो पालामा गाईजात्रा मनाउने चलन चलाएका थिए। सोही समयदेखि सिलगढीमा पनि गाईजात्रा मनाउन थालिएको हो। दुःख बिर्साउन यो जात्रा मनाउन थालिएको बताइन्छ।

मृत्यु भएको वर्ष दिन नपुगेका परिवारका सदस्यको सम्झना र आफुमा परेको दुःख बिर्सिन गाईजात्रा निकाल्ने गर्दछन्। वर्ष भरी जसको घरका सदस्यको मृत्यु भएको छ, सोही घरबाट गाईजात्रा निकाल्ने र आकर्षक झाँकीका साथ गाईको मूर्ति बनाएर बजार परिक्रमा गर्ने यहाँको प्रचलन कायमै छ।

फोटो : अमेरिकन पीसकोर भोलेन्टेर न्यान्सी ह्याच, डअ ह्याचर/राउण्ड इमेजिङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.